श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज २३ गते मङ्गलबार, १० अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको एकादशी तिथि १५ः२३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मघा भोलि ०८ः५६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः०० बजे र सूर्यास्त ०५ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारको निर्णयले काम बिग्रनेछ। महŒवाकाङ्क्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफैले दिएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्नेछ। खराब व्यक्तिको सङ्गतले समस्या निम्त्याउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारबाट विशेष फाइदा उठाउन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो समयमै उचित प्रतिफल पाइनेछ। साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । सानो गल्तीले मौका गुम्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न अवसरले पछ्याउनेछन्। साथीभाइ र आफन्तसँग रमाइलो भेटघाट हुनेछ।