सुनसरीमा शुक्रबार भएका दुर्घटनामा एक जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएको छन् साथै २ जाा सामान्य घाइते भएका छन् । 

जिल्लामा भएका ९४ ट्राफिक कारबाहीमा १३ पटकमा १ सय ९३ लाई जनचेतना प्रदान गरिएको छ ५८ हजार ५ सय रुपैयाँ राजश्व उठेको छ ।  

हिजो बिहान ५ः४५ बजे धरान ८ लाङ्घाली चोकस्थित कोशी लोकमार्गमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ४०६३ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १०२०४५ प ३७४ नं को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक इटहरी ९ का ४५ वर्षीय आशबहादुर राईको उपचारका क्रममा  अस्पतालमा निधन भएको छ । स्कुटरमा सवार साँगुरीगढी–९ का ५८ वर्षीय टेकबहादुर घाइते भएका छन् । उनको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । 

स्कुटर, ट्रक र चालक धनकुटा चौबिसे–६ का चन्द्रप्रसाद राई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेका छन् । 

यस्तै शुक्रबार बिहान ९ः१५ बजे रामधुनी–१ झूम्कास्थित पूर्व पश्चिम लोकमार्गमा मोटर साइकलको ठक्करबाट साइकल यात्री गम्भिर घाइते भएकी छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ६४०६ नं. को मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको साइकलयात्री निर्मला सरदारलाई ठक्कर दिंदा टाउकोमा र ढाडमा चोट लागेको छ । गम्भीर घाइते उनको उपचारका लागि साई मेडिकल झुम्का पठाइएको छ । मोटरसाइकल चालक हरिनगरा–२ का फारुक हाजन ईप्रका झुम्काको नियन्त्रणमा रहेका छन् । 

यसैगरी रामधुनी–२ स्थित पूर्व पश्चिम राजमार्गमा २ स्कुटर आपसमा ठक्कर लागी दुर्घटना हुँदा २ जना सामान्य घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१४ प.२६४३ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०२–०३–०१० प.३१६३ नम्बरको स्कुटर एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा ३१६३ नं. को स्कुटरमा सबार इनरुवा ७ का देवनसिंह दनुवार टाउकोमा चोट लागेको छ । 

२६४३ नम्बरको स्कुटर  चालक धरान ८ का करण राई निधारमा चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा सवारी चलाएको र लाइसन्ससमेत नखुलेको प्रहरीले जनाएको छ ।