नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । 

सोमबार दिउँसो २ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो । ७ स्थान बाट मतगणना सुरू भएको छ । ९९७ जना प्रतिनिधि रहेकोमा ९७७ मत खसेको थियो ।

अधिवेशनमा अध्यक्ष लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । मतदान सकिएको १२ घण्टापछि मतगणना सुरु भएको हो ।  मतदान बिहान ५ बजे सकिएको थियो । 

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको छ । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । 

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।