धरान १५ मा ग्याँस सिलिण्डर पड्केर आगलागी भएको छ । 

सयपत्री मार्गस्थित गायत्रीप्रसाद धितालको एकतले काठको घरमा आगलागी भएको धरान उपमहानगरपालिकाको वारुणयन्त्र शाखाले जानकारी दिएको छ । 

घर पूर्णरुपमा क्षति भएको छ । क्षतिको विवरण भने आएको छैन । घरमा भएका सबै सरसामान जलेका छन् ।  

बिहान १० बजे लागेको आगो धरान उपमहानगरपालिकाका तीनवटा दमकलले डेढघण्टामा नियन्त्रणमा लिएको वारुणयन्त्रका जमदार विजय थापा मगरले जानकारी दिए । 

बाटो सानो भएकाले पालैपालो दमकल प्रयोग गर्दा डेढ घण्टा समय लागेको जमदार थापा मगरले बताए । क्षतिबारे टिपोट संकलन भइरहेको बताइएको छ ।