विराटनगर । कोशी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घले पदक जित्ने तेक्वान्दोका खेलाडीहरूलाई सम्मान गरेको छ ।

भारतको हैदरावादमा सम्पन्न भएको सातौँ दक्षिण  एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भएर पदक ल्याउने खेलाडीहरूलाई सम्मान गरेको हो ।

विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी ७ स्वर्ण पदक, ६ रजत र ६ कास्य पदक गरी १९ वटा पदक जित्ने तेक्वान्दोका खेलाडीहरूलाई सम्मान गरिएको नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घका संस्थापक अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए ।

अगष्ट ६ तारिखमा सम्पन्न भएको सातौँ दक्षिण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भई नेपालको प्रतिनिधित्व गर्दै १० जना खेलाडीहरू सहभागी भएका थिए । नेपालका तर्फबाट मोरङका राजेन्द्र धिमाल र झापाका चन्द्रबहादुर तामाङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

पदक ल्याउने खेलाडीहरूलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव हंशराज वाग्ले, नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घका संस्थापक अध्यक्ष प्रवीणकुमार कार्कीले सम्मान गरेका थिए ।