धरान । फिल्म ‘राजागञ्ज’ को छायाङ्कन जनकपुरमा सुरु भएको छ । दीपक रौनियारको निर्देशन रहेको फिल्मको छायाङ्कन ४० दिनसम्म जनकपुरसहित पूर्वी नेपालका मोरङ र महोत्तरीमा चल्ने जनाइएको छ ।

‘कबड्डी’ र ‘जारी’ लगायतका फिल्महरूका निर्माता रामबाबु गुरुङले यो फिल्मको निर्माण गरिरहेका छन् । पूर्वमिस नेपालसमेत रहेकी निकिता चाण्डक, आशा मगराती, विजय बराल, घनश्याम मिश्र, पशुपति राईलगायतका कलाकारले अहिले छायाङ्कन धमाधम गरिरहेका छन् । केही दिनमा दयाहाङ राईको रोल छायाङ्कन हुनेछ ।

फिल्म अमेरिकी सिनेम्याटोग्राफर सेल्दन चाउले छायाङ्कन गरिरहेका छन् । ‘राजागञ्ज’ समयविरुद्धको कथा (रेस अगेन्स्ट टाइम) पुलिस थ्रिलर फिल्म हो । दुई महिला मुख्य पात्रलाई फिल्ममा चित्रण गरिँदैछ ।