धरान । कलाकार प्रभु श्रेष्ठले नेपाली चलचित्र ‘कालो सुन’ निर्माण गर्ने भएका छन् । 

यो चलचित्र अहिले प्रि–प्रोडक्सनको चरणमा रहेको उनले बताएका छन् । यो चलचित्रलाई उनले आफ्नो ड्रिम प्रोजेक्टका रूपमा लिएका छन् । नेपाल चलचित्र कलाकार सङ्घका सदस्य रहेका श्रेष्ठ चलचित्र निर्माण कम्पनी ‘प्रभुलक्ष्मी इन्टरटेनमेन्ट एन्ड क्रिएटिभ कम्पनी प्रालिका’ अध्यक्षसमेत हुन् । 

लामो समय सिङ्गापुरमा रहेका उनले दर्शकहरूले मन पराएका नेपाली चलचित्रलाई सिङ्गापुरमा लगेर समेत प्रदर्शन गरे । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा एउटा कलाकारले पनि योगदान पु¥याउन सक्ने उनको तर्क छ । 

जागिरे जीवनमा समय व्यवस्थापन गरेर पनि उनले चलचित्रमा अभिनय गर्ने काम भने छोडेनन् । उनी आफूले पैसाको लागि भन्दा पनि दर्शकलाई उत्कृष्ट चलचित्र दिउँ भन्ने सोचले नै काम गर्ने गरेको बताउँछन् । 

उत्कृष्ट चलचित्र दिने हुटहुटीले श्रेष्ठले केही चलचित्रमा स्क्रिप्ट पनि लेखे भने केहीमा लगानी गरेका छन् । चलचित्रमा लेखक र निर्माताका रूपमा काम गरे पनि आफ्नो मूल पेशा अभिनयलाई भने कहिल्यै नछाड्ने उनी बताउँछन् ।

अभिनयका माध्यमबाट नेपाली चलचित्रलाई उनले दिएको योगदानका लागि नेपाल चलचित्र मजदुर महासङ्घ प्रदेश समिति, अपन स्वर्ग नेपाल कला संस्कृतिलगायतका सङ्घ–संस्थाहरूले र विभिन्न फिल्मी अवार्डद्वारा सम्मानसमेत गरेका छन् ।