धरान । दयाहाङ राई र मिरूना मगर अभिनित फिल्म ‘नाङ्गो गाउँ’ को टिजर सार्वजनिक भएको छ ।

दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ र मिरूनासँगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अङ्कित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शङ्कर आचार्य, केशव राई, इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरेलगायत कलाकारको अभिनय छ ।

मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । आलोक शुक्लाले छायाङ्कन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् । यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ ।