धरान । धनकुटामा रहेर सङ्गीतकर्म गरिरहेकी गायिका जुनी खालिङ राईको नयाँ गीत ‘सिमसिम पानीमा’ सार्वजनिक भएको छ ।

गीतमा जुनीसँगै कृष्णभक्त राईको पनि स्वर रहेको छ । कृष्णभक्तकै शब्द र सङ्गीत रहेको लोकभाकाको गीत किङ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको एरेञ्ज मनोज साम्सोङ राई र कृष्णभक्तले गरेका हुन् भने रेकर्डिङ सुरेश राई र मास्टरिङ तथा मिक्सिङ राजु कार्कीले गरेका छन् ।

गीतको भिडियो गायिका जुनी खालिङकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ । भिडियोको निर्देशन गायिका जुनीले नै गरेकी हुन् भने छायाङ्कन अकिल राई र सम्पादन जीवन मुकारुङले गरेका छन् ।