इटहरीमा ४ जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

गयराती  ११ बजे इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा  विपरीत दिशाबाट जाँदै गरेको  पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार चारै जना घाइते भएका थिए ।

इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटना भयसँगै चारै जना घाइतेहरूको  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएकोमा करण चौधरी र शम्भु चौधरीको प्रतिष्ठानमा उपचार को क्रममा मृत्यु भएको र बाँकी दुई जनाको थप उपचरका लागि विराटनगर रेफर गरिएको थियो । 

 रेफर गरिएका अनिनेशको बिएण्सी अस्पताल बिर्तामोडमा बिहान ६ बजे मृत्यु भएको बताइएको छ । गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो । 

पिकअप सहित चालक भारत दार्जिलिङका गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन् ।