धरान । पाँचथरको सदरमुकाम फिदिम बजारनजिकै टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

प्रदेश ०१–००१ ह ८७०५ नम्बरको टेम्पो दुर्घटना हुँदा फिदिम नगरपापलिकाकी ५५ वर्षीया हरिमाया तुम्रोकको उपचारको क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा फिदिम नगरपालिका–६ की वसन्ती लिम्बू, सन्देश लिम्बू, फिदिम नगरपालिका–७ का कुशल लिम्बू र चालक दीपक लिम्बू रहेको प्रहरीले जनाएको छ । 

उनीहरूको फिदिमस्थित समर्पित अस्पतालमा उपचार भइरहेको छ । सिवाबाट फिदिमतर्फ आउने क्रममा बुधबार बिहान दुर्घटना भएको थियो ।