बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ ।
बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ ।
मंगलबारमात्रै यो प्रकरणमा ४ जना पक्राउ परेका थिए ।
पक्राउ परेका पौडेललाई काठमाडौँको गोकर्णबाट नियन्त्रणमा लिएको
एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।
ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुग्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































