चलचित्र पत्रकार संघ सुनसरीद्वारा धरानमा आयोजित तीन दिने कार्यशालामा दुई सञ्चारकर्मीलाई नगदसहित सम्मान गरिएको छ । 

चलचित्र पत्रकारितामा उदयीमान सञ्चारकर्मी सुमित कार्कीलाई नगद ५ हजार रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको छ  । यस्तै ब्लाष्ट दैनिकका सम्पादक गोपाल दाहाललाई ६ हजार नगदसहित मनोरञ्जन पत्रकारिताको क्षेत्रमा लामो समयसम्म दिएको योगदानस्वरुप सम्मान गरिएको छ ।  

केन्द्र मोसन पिक्चर्सको सहयोगमा पुरस्कार प्रदान गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए । 

Aindra Bikram Begha

कार्यशालामा पहिलो दिन उद्घाटन समारोह र परिचयात्मक कार्यक्रमसहित पत्रकार आचारसंहिताका बारेमा सहभागीले जानकारी लिएका थिए । वरिष्ठ पत्रकार हर्ष सुब्बाले पत्रकार आचारसंहिताबारे अनुभव सुनाएका थिए ।

दोस्रो दिन न्युमिडिया र मल्टिमिडियालगायतका विषयमा कार्यशाला सञ्चालन गरिएको थियो । सोही दिन रंगकर्म र चलचित्र विधामा कलम चलाउने नयाँ पुराना सहभागी समावेश कार्यशालामा चलचित्र पत्रकारिताको अवधारणा, चलचित्र निर्माण, समीक्षा लेखन, गसिप, प्रशिक्षित गराएको अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए । 

उनले चलचित्र क्षेत्रले अर्थ, पर्यटनलगायतमा कसरी टेवा पुर्याउँछ भन्ने विषयमा कार्यशालामा सहभागीले जानकारी लिएको बताए । 

Binod Bishwakarma, President FJA Sunsari

चलचित्र निर्देशक तथा सञ्चारकर्मी भीषण राई, चलचित्र निर्देशक लक्ष्मण सुवेदी, प्रशिक्षक रोनिश राउतलगायतले सहभागीलाई प्रशिक्षित गराएका थिए । 

तेस्रो दिन कार्यशालाको औपचारिक समापन गरिएको थियो । समापनमा कार्यशालामा सहयोग गर्नेहरुलाई कदर–पत्रले सम्मानित गरिएको थियो । 

Gopal Dahal