वराहक्षेत्र । ईलाका प्रहरी कार्यालय चक्रघट्टीले २१ चोरीका साइकलसहित ४ जनालाई पक्राउ गरेको छ । नगरपालिकाको चक्रघट्टी स्थित साकेला थान र सुनसरीको जिल्लाको विभिन्न स्थानबट भिन्न मितिमा चोरी गरिएको साइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले ईनरुवा नगरपालिकाको वार्ड नम्बर ४ को नवजागरण टोलका अन्दाजी ३० वर्षका महेश मेहेताको घरबाट लुकाएर राखेको अवस्थामा साईकल बरामद गरेको छ ।

चोरीका घटनामा संलग्न ईनरुवा नपाको वार्ड नं ७ चाँदबेलाका वर्ष ३६ का मोहम्मद हविस मिंया, नाम नखुलाईएको बराहक्षेत्र नपाको वार्ड १० का एक किशोर, सोही वार्डका बर्ष २९ का चन्दन चौधरी र १९ वर्षीय आकाश शर्मा लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चक्रघट्टी ईन्सपेक्टर राजेश दत्तले बततए ।

आफु समेत संलग्न भएर चोरी गरिएको साईकलहरु रुटोर गरेर राख्ने र विक्री गर्ने गरेका  मेहेता फरार छन् भने नियन्त्रणमा लिईएका ४ जनाको अनुसनधान भईरहेको प्रनि दत्तले जानकारी दिए ।