देउराली ।  महोत्तरीको एनएमबी बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ। 

औरही गाउँपालिका २ स्थित औरही बजारमा रहेको  बैंकमा हतियारधारी समूहले लुटपाट गरेका हुन्  ।अज्ञात चार जना आएका हतियारधरी समूहले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैँया लुटपाट गरेको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताएका छन् । 


मुख छोपेर पेस्तोलसहित आएका उनीहरू लुटपाटपछि फरार भएको प्रहरीले जनाएको छ । बैंकमा लुटपाट भएपछि अहिले बैंकको कारोबार बन्द गरिएको छ भने, बैकको सीसी क्यामेरामा कैद भएका लुटेराहरूको खोज कार्य भइरहेको प्रहरीका प्रवक्ता डीएसपी गिरीले बताएका छन् ।