विराटनगर । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।  विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार दिउँसोबाट

विराटनगर ७ हाटखोला मैदानमा सुरु हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

सांगीतिक कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । सांगीतिक कार्यक्रममा अभिनेत्री केकी अधिकारी, गायक दीपक बज्राचार्य, एन्ड रिदम ब्यान्ड, लाउरे, सुनिल पण्डित, शिव परियार, द एलिमेन्ट्स र अस्मिता अधिकारीको प्रस्तुती रहनेछ । उनीहरुले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी रमाईलो गर्नेछ । प्रस्तुती दिन कलाकारहरु विराटनगर शुक्रबार आइपुगेका छन् ।

एनसेलल दिदै आएको सेवाहरुको बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गरिएको हो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको  छ ।