देउराली । झापामा एकै रात शृङ्खलाबद्ध चोरी आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख ३ गते एकै रात श्रृङ्खलाबद्धरुपमा शिवसताक्षी नगरपालिका ६ शिवगंज बजारमा चार ओटा सटर फोडी चोरी भएपछि स्थानीयले गुनासो गरेसँगै प्रहरीले चोरीमा संलग्न नगरपालिका ५ आमबाडी का ५६ का छविलाल  खवासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चोरी भएका सामान, नगद र चोरी भएको अवस्थामा प्रयोग भएको रड, झोला र चोरी गर्दा प्रयोग भएका कपडासहित खवासलाई उनको  घरबाट पक्राउ गरिएको हो । 
 
                     
         
                                        
                                                                                                 
        































