झापाको भद्रपुर विमानस्थलबाट खैरोहिरोईनसहित काठमाडौँ जान लागेकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान ११ बजे यती एयरलाइन्सको जहाजबाट काठमाडौँ जान लागेकी झापा कमल गाउँपालिका ७ कि वर्ष २६ की एन्जल राईलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर झापा भए पनि काठमाडौँ नारायणथान डेरा गरी बस्दै आएकी उनी माथि विमानस्थल सुरक्षाका लागि खटिएका प्रहरीले चेकजाँचका क्रममा उनले प्रयोग गरेको सेनेटरी प्याडमा लुकाएर लैजान लागेको अवस्थामा १५ ग्राम ६६० मिलिग्राम खैरोहिरोईन फेला परेको कार्यालयले जनाएको छ ।
खैरो हिरोईनसहित पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
 यस अघि पनि भद्रपुर विमानस्थलबाट सेनेटरी प्याडमा खैरोहिरोईन लुकाएर काठमाडौँ लान खोज्दा दुई युवती पक्राउ परेका थिए ।
 
                     
         
                                        
                                                                                                 
        































