देउराली । भन्सार छली गरी अवैधरुपमा नेपाल भित्र्याइएका सामान प्रहरीले बरामद गरेकाे छ ।
सुनसरीको बर्जु गाउँपालिका ३ केसलिया पुल स्थितबाट अवैधरुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको हाे ।
शनिबार बेलुका ६ बजे प्रहरी चौकी अमडुवा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले केसलीया पुल भित्री सडक खण्डको बाटो हुँदै अवैध रुपमा भन्सार छली, चोरी, निकासी गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न प्रकारका रेडिमेट कपडा भेष्ट ३ सय ६० पिस अन्दाजि १ लाख ८ हजार बराबरको सामान बरामद गरेको हो ।
बरामद भएका सामान आवश्यक कारवाहीको लागि कोशी व्यारेज भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
































