बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१  चतरामा टेम्पोको ठक्करबाट बाटोमा हिँडिरहेका बालक घाइते भएका छन् ।

बुधबार साँझ चतराबाट बयरवन जाँदै गरेको को.२ ह ४२२ नम्बरको टेम्पोले बाटोमा हिँडिरहेका वडा नं. १ बस्ने जुना कार्कीका ७ वर्षीय छोरा आर्यन कार्कीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताए । ठक्करबाट आर्यनको टाउको र छातीमा चोट लागेको छ ।

ठक्करपछि अनियन्त्रित भई टेम्पो पल्टिएको थियो । टेम्पो चालक बेलका नगरपालिका–८ बस्ने ४५ वर्षीय प्रेमकुमार राई घाइते भएका छन् । उनको पनि छाती र टाउकोमा चोट लागेको छ । घाइते दुवैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।