विजयपुर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक रूपमा विपन्न ५ जना बालबालिकालाई अध्ययन गराउने भएको छ ।

५ जना बालबालिकालाई एक वर्ष अध्ययन गर्दा लाग्ने खर्च प्रदान गर्ने संस्थाको शाखा कार्यालय धरानका वरिष्ठ सहायक सुरेश बानियाँले बताए । भालढुङ्गा मावि कक्षा ३ मा अध्ययनरत धरान–२० का विजय राई, ज्वालामुखी माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत रागिनी लम्जेल, शिक्षा ज्योति माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत प्राशा कुलुङ राई, सिंहदेवी आधारभूत विद्यालयमा बालविकास कक्षामा अध्ययनरत एलिसा राई र श्री मावि कक्षा ६ मा अध्ययनरत मनिष लिम्बूलाई अध्ययन खर्च दिइएको हो ।

बालबालिकालाई सोमबार लघुवित्तले साक्षरता कार्यक्रम गर्दै आवश्यक सामग्री प्रदान गरेको हो । महिला जीवन विकास केन्द्र केन्द्र नं. ४६ ले प्रथम पुरस्कार, सुविधा जीवन विकास केन्द्र नं. १ सय १९ ले दोस्रो पुरस्कार, मखमली जीवन विकास केन्द्र ४० ले तेस्रो पुरस्कार तथा सेवा जीवन विकास केन्द्र नं. १ सय २८ र विशाल जीवन विकास केन्द्र नं. २ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट बचतकर्ता ज्योति सुन्दास राई केन्द्र नं. १ सय ३६ सावित्रा राई केन्द्र नं. २४ र शोभादेवी राई केन्द्र नं. ७८ ले उत्कृष्ट बचतकर्ताको पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै उत्कृष्ट ऋणीहरूको तर्फबाट मनिता राई केन्द्र नं. ३, सुमित्रा राई केन्द्र नं. १ सय ३० र डोरमणि तामाङ केन्द्र नं. ६७ ले पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई संस्थाका नायव प्रमुख कार्यकारी दामोदर रेग्मीले पुरस्कार प्रदान गरे । धरान उपमहानगरका उपप्रमुख अइन्द्र विक्रम बेघाले नगरका समस्या मिलाउन सहजीकरण गरिरहेकोबताउँदै भने, ‘सकेसम्म मिलाउने प्रयास गर्ने हो ।’ नीति विपरीत चल्ने अप्ठ्यारोमा पर्ने बताए ।