भरौल । रामधुनी नगरपालिका कार्यालय झुम्का सुनसरीको आ. ब. २०७९/ २०८० को दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

बलाहा साप्ताहिक इनरुवा ५ को सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले बिकास निर्माण , फोहर ब्यबस्थापन , शान्ति सुरक्षा , कृषि , पर्यटन , टोल बिकास सस्था बारे विभिन्न प्रश्न तथा सुझाव राखेका थिए ।

सहभागीहरुले राखेको  प्रश्नको उतर रामधुनी नपाका नगरप्रमुख संकरलाल चौधरी , उपप्रमुख तारा थापा , प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापा, वडा न. ३ का वडा अध्यक्ष बुध नारायण चौधरी , वडा न. ९ का वडा अध्यक्ष घनश्याम चौधरीले दिएका थिए ।

शान्ति सुरक्षा सम्बन्धि प्रश्नको उत्तर इलाका प्रहरी कार्यालय पकलिका प्रहरी निरीक्षक राजेन्द्र रायमाझीले दिनुभएको थियो । सहजीकरण गर्ने सस्थालाइ गरीएको प्रश्नको उत्तर सहजकर्ता धिरेन्द्र कुमार चौधरीले दिनुभएको थियो । सहजकर्ता चौधरीले कार्यक्रममा नागरिक र बहिर्गमन प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यस अघि भएको  कार्यक्रममा रामधुनी नपाका प्रमुख प्रशासकिय अधिकृतले नपाको दोश्रो चौमासिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रामधुनी नपा १ का वडा अध्यक्ष महेश चौधरी , २ का वडा अध्यक्ष रामनारायण चौधरी , ३ का वडा अध्यक्ष , ४ का वडा सचीव साबित्रा पराजुली , ५ का वडा सचीव दिलिप कुमार चौधरी , ६ का वडा सदस्य अशोक चौधरी , ७ का वडा अध्यक्ष केशव गौतम , ८ का वडा अध्यक्ष सुरेन्द्र सिंह , ९ का वडा अध्यक्षले वडा कार्यालयको दोस्रो चौमासिक  प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सेभ द अर्थका पुष्प भट्टराई , रामधुनी बाबा बनस्खण्डी गुठी सस्था सन्चालक समितिका अध्यक्ष डिल्ली कार्की, थारु उत्थान समाजका अध्यक्ष आशा चौधरीले कार्यक्रम सुशासन स्थापनाका लागी महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो । रामधुनी नपा कार्यालयले बिगतदेखी सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको छ ।