बिर्तामोड । झापा प्रहरीले बिल बिनाको हरियो चिया पत्तीसहित २ वटा पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले मेचीनगर नगरपालिका–१५ बाट पिकअप, हरियो चिया पत्ती र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले इलाम नगरपालिका–४ का सर्जन घले, माईजोगमाई गाउँपालिका–१ का देबेन्द्र जोगीसहित मे १ ज २४८२ र प्रदेश १–०१–००१ च ७९४१ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो । पिकअपमा ढुवानी गर्दै गरेको अवस्थामा २ हजार ७ सय ४२ केजी हरियो चिया पत्ती फेला पारेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

बिल बिना नै ढुवानी गरिरहेको अवस्थामा फेला पारेको हरियो चिया पत्तीसहितको पिकअपलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।