सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित  लुका सकर क्लब  तथा  घरेलु टोली विराटनगर सिटी ९बीसीएफ० बीच हुने भएको छ । शहीद रङ्गशालामा बिहीबार ६ः४५ बजे हुने भनिएको अन्तिम चरणको खेलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा  छ ।

विराटनगर पूर्वविजेता टोली नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसैगरी  पहिलो पटक भाग लिएको केरलाले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई ‘सडनडेथ’मा ८–७ गोलले र सेमिफाइनलमा साबिक विजेता विभागीय टोली एपीएफलाई ‘टाइब्रेकर’मा ४–२ गोलले पाखा लगाउँदै  फाइनलका लागि स्थान पक्का गरेको थियो ।

साबिक विजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन  सङ्कटाजस्तो सशक्त टोलीलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिएको छ ।

घरेलु टोलीले तेस्रो पटक विराटनगरलाई प्रतियोगिताको उपाधि नजिक पु¥याएको हो ।  विराटनगर छ दशकपछि गोल्डकपको अन्तिम चरणमा पुग्न सफल भएको छ । यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टोली मोरङ–११ फाइनलमा पुगेर उपविजेता भएको आयोजकले जनाएको छ ।

त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्ता गोल्डकपको विजेता बनेको थियो  । विसं २०१९ मा मोरङ–११ ले उक्त उपाधि हात पारेकामा सातौँ संस्करणसम्म आइपुग्दा घरेलु टोली फाइनलमा पुगेको हो ।

विराटनगरमा बधुबार प्री–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने भएका छन् । विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले यस  गोल्डकपमा आफ्नो टोलीको लक्ष्य उपाधि जित्नु रहेको बताए।

लुका सकर क्लबका प्रशिक्षक नभास नोकाले फाइनलभन्दा अगाडि जसरी हाम्रो खेलाडीले खेल खेलेका थिए त्यही अनुरुप अन्तिम चरणको खेल खेल्ने बताए । उनले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गरिने पनि जिकिर गरे ।

  तत्कालीन राजा महेन्द्रको नामबाट  २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरु गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि  विराट गोल्डकपका रूपमा खेलाइँदै आइएको हो । कोशी प्रदेशकै सानका रूपमा रहेको गोल्डकप पञ्चायत कालमा २७ पटक र बहुदल आएपछि विराटगोल्डकपका नामबाट यो सातौँ प्रतियोगिता हुन लागेको हो ।

चैत १६ गतेसम्म सञ्चालन हुने रात्रिकालीन गोल्डकपमा नेपाल, भारत र भूटानका गरी  आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता हुने टोलीले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए । उनले प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले सबैलाई जनही रु २५/२५ हजार पुरस्कार रहेको उल्लेख गरे ।