पथरी । एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयद्वारा सञ्चालित सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्वहरु सम्मानित हुनेभएका छन् । 

मोरङको पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माविको कोषका उपाध्यक्ष तथा विद्यालयका निर्देशक रविन कन्दङ्वाले सम्मानित हुने बारे जानकारी गराएका हुन । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राईको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरिने बताइएको छ । 

कोषले सि.एम. कन्दङ्वाको व्यक्तित्व र कुक्तित्वलाई जीवन्त राख्ने, नयाँ पुस्ता प्रेरणा र सिर्जनशील उर्जा दिने, भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, पत्रकारिता र समाजसेवाका क्षेत्रमा लाग्ने व्यक्ति, व्यक्तित्वको कदर, प्रोत्साहन र सम्मान हरेक वर्ष गर्दै आइरहेको छ । 

चैत २९ गते सि.एम कन्दङ्वा स्मृति कोषले प्रा.डा. गोविन्दराज भट्टराईलाई सि.एम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान २०७९, अनिल फागोलाई सि.एम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान २०७९ र अर्जुन जम्नेली राईलाई सुशिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान २०७९ प्रदान गर्ने भएको छ । सम्मानका राशीहरु क्रमशः १ लाख १ हजार रुपैयाँ, ५१ हजार र ११ हजार रुपैयाँ रहने आयोजकले जनाएको छ ।