रामधुनी। झुम्का उधोग वाणिज्य संघको चैत्र १९ गते हुने आसन्न निर्बाचनमा ब्यबसायिहरुको साझा उम्मेदवार नबिन कुमार चौधरीको प्यानलले सोमबार कार्यक्रमको आयोजना गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धता पत्रमा ११ बुदे कार्य योजना उल्लेख गरीएको छ । पत्रमा संघको भबन निर्माण,  औद्योगिक मेला, पारदर्शीता, क्षमता बिकास, संघको जिल्ला, प्रदेश , केन्द्रिय तहमा आबद्धता, चोरी नियन्त्रणका लागी सुरक्षा निकाय संग  सहकार्य उल्लेख गरीएको छ ।

त्यसैगरी कार्यालय ब्यबस्थापन गरी आय आर्जनका काम, झुम्केश्वर मन्दिरको उचित ब्यबस्थापन , गुनासो पेटीका, पार्किङको लागी पहल, कर तिर्ने ब्यबस्था संघ बाटै, बजार ब्यबस्थापनका लागी स्थानीय निकाय संग पहल, स्थानीय नपा संग समन्वय गरी सुरक्षा गार्डको ब्यबस्थापन गरीने प्रतिबद्धता पत्रमा जनाइएको छ ।

कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार नबिन कुमार चौधरीले ब्यबसायिहरुको अधिकारका लागी काम गर्ने बताउनुभयो । उम्मेदवारहरु प्रथम उपाध्यक्ष डिल्लिराम गुरागाइ, द्वितिय उपाध्यक्ष रोहित सुब्बा, महा सचीव प्रकाश बन्धु पोखरेल, वाणिज्य सचिब लोकनाथ गेलाल, उधोग सचीव सिर्जना भट्टराई , प्रचरप्रसार सचीव हरी कार्की , कोषाध्यक्ष रमेशकुमार चौधरी रहेको छ ।

त्यसैगरी सदस्य पदमा जिवन थापा मगर, नोबेल चौधरी , मिथलेस कुमार बि। क। रोशन घिमिरे, लेखनाथ खतिवडा , सागर पन्चरिया र संकर साह उम्मेदवार रहेको छ ।