विराटनगर । मैथिल सञ्चारकर्मी संघले पत्रकारसहित पाँच जना लाई सम्मान गरेको छ । संस्कृति सम्वद्र्धन र समाज विकासकोे क्षेत्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा साहित्यकार धिरेन्द्र प्रेमर्षि, गायक रामा मण्डल, सहिद दिनदयाल मण्डलको परिवार, लेखिका कुमारी श्रेया र पत्रकार ब्रम्हदेव यादव रहेका छन् । उनीहरुलाई राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र मैथिल सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णसहित पुरस्कारका संस्थापकहरुले सम्मान गरेका छन् ।

साहित्यकार प्रेमर्षिलाई २१ हजार १११ रुपैयाँको नगद पुरस्कारसहित ‘इन्द्र मिथिला गौरव सम्मान–२०७९’ प्रदान गरिएको छ । गायक रामा मण्डललाई ११ हजार १११ रुपैयाँ राशीको भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चद्वारा स्थापित ‘उज्जवल नक्षत्र मिथिला गौरव सम्मान’ प्रदान गरिएको छ ।

सञ्चारकर्मी संघले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मोरङको जहदा गाउँपालिका वडा नं. ६ का दीनदयाल मण्डलको परिवारलाई समेत सम्मान गरेको छ । सहिद मण्डलको परिवारलाई भने संघले ७ हजार १५१ रुपैयाँ राशीको ‘रघुनाथ प्रसाद गुप्ता स्वतन्त्रता सेनानी स्मृति पुरस्कार’ प्रदान गरेको छ ।

यस्तै, पत्रकार ब्रम्हदेव यादव र लेखिका कुमारी श्रेयालाई पनि मैथिल सञ्चारकर्मी संघले सम्मान गरेको छ । यादव र श्रेयालाई जनही ५ हजार १५१ रुपैयाँ नगदसहित ‘रामपरीदेवी पत्रकारिता पुरस्कार’ र ‘कौशल्या मुसहरु स्मृति पुरस्कार’ ले सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णले मैथिली भाषा संस्कृतिको विकास र सम्र्वद्धनमा योगदान पुुर्याउँदै आएका व्यक्तिहरुलाई सम्मान गर्न पाउनु गौैरवको बिषय भएको बताए ।