धनकुटा । बाँस तथा बाँसको जराबाट हस्तकलाका सामग्री निर्माणसम्बन्धी १५ दिने तालिम शनिबार धनकुटामा सम्पन्न भएको छ ।

धनकुटा नगरपालिकाको आर्थिक सहयोग र मनिषा हस्तकला उद्योग धनकुटाको आयोजनामा १५ दिने बाँस तथा बाँसको जराको हस्तकला सामग्री निर्माण गर्ने तालिम सम्पन्न भएको हो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले थोरै पुँजीले जीविकोपार्जन गर्न यस्ताखाले तालिम फलदायी हुने बताए । उनले पहिलो पटक आधारभूत तालिम भएको बताउँदै व्यावसायिक बनाउन एड्भान्स तालिमको लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले तालिममा सहभागीलाई आवश्यक पर्ने बाँसको सामग्री निर्माण गर्ने औजारहरूको लागि नगरपालिकाले व्यवस्थापन गरिदिने बताए । तालिममा सहभागीहरूलाई उनले प्रमाण–पत्र वितरण गरेका थिए ।

तालिममा ४ पुरुषसहित १० जना सहभागी थिए । तालिम अवधिमा सहभागीहरूले टुल, ¥याक, टेबल, सजावटका विभिन्न सामग्रीहरू निर्माण गरेका थिए ।

तालिममा मनिष हस्तकला उद्योग धनकुटाका सञ्चालक गोपाल तामाङले सहजीकरण गरेका थिए । तालिममा सहभागी धनकुटा नगरपालिका–४ स्कुलडाँडाका रामबहादुर तामाङले तालिम फलदायी भएको बताए । प्रशिक्षक गोपाल तामाङलाई सहभागी प्रशिक्षार्थीहरूले मायाको चिनो प्रदान गरेका थिए ।

hasta123