देउराली ।  राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल नामक अभियान व्यवसायी दुर्गा प्रसाईँले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसायीमा परेको प्रभावका विरुद्ध शनिबार धरानमा बृहत् विरोध सभा गर्ने भएका छन् । 

भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा बिहान ११ बजेदेखि हुने उक्त विरोध सभामा अभियानता  प्रसाईँसहित ८ जना वक्ताहरूले सम्बोधन गर्ने विरोध सभा बारेमा जानकारी गराउँदै सङ्घर्ष समिति धरानका संयोजक  भीषण शाक्यले बताएका छन् । 

 कार्यक्रमका बारेमा शुक्रवार धरान १५ स्थित धरान किचनमा पत्रका सम्मेलनमा जनकारी गराउँदै सुनचाँदी  रत्न तथा आभूषण व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष समेत रहेका शाक्यका अनुसार विरोध सभा बैकको ऋण मिनाहा र बैंक विरुद्ध नभएर बैंकले अस्वाभाविक रूपमा गरेको ब्याजदर वृद्धिका कारण व्यवसायीमा पर्न गएको असरको विरुद्ध रहेको बताएका छन् । 

 सभामा राजतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताजस्ता राजनीतिक विषयमा केन्द्रित नहुने बताएका शाक्यले भने  "विरोध सभा कुनै पनि बैंक तथा वित्तीय संस्थाको विरुद्ध होइन, बेथितिको विरुद्ध हो, ऋण लिँदा जुन अफर लेटरमा सही गरेका छौँ , ब्याजदर त्यही हुनु पर्छ भन्ने हाम्रो माग हो ।"

पत्रकार सम्मेलनमा  धरान १६ का उद्यमी धर्मराज खड्काले  नेपाल राष्ट्र बैंकको गलत अर्थनीतिका कारण बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक रूपले वृद्धि गरेको ब्याजदरले नेपालका उद्योगी व्यवसायी पीडित भएको बताएका थिए  । 

उनले कोभिड महामारी लगायत विश्वमा भएको आर्थिक मन्दीमा व्यवसायीहरूका व्यवसाय डुब्दै जाँदा बैकहरू भने ब्याजदर बढाएर नाफामा जानु व्यवसायीमा अमानवीय ढङ्गले दबाब दिने गरेको अभियानको आवश्यकता रहेका बताए । 

उनले सभामा विभिन्न पेसामा आबद्ध पेसा कर्मीहरूलाई आफ्ना गुनासा समस्या र पिर मर्कासहित उपस्थिति हुन अनुरोध गरेका छन् ।