पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिकामा तीन दिने निःशुल्क आँखा शिविर हुने भएको छ । फालेलुङ ३ को नाम्लुवा भञ्ज्याङको स्वास्थ्य  चौकीको कार्यालयमा फागुन ३० देखि चैत २ गतेसम्म आँखा शिबिर सञ्चालन हुने भएको हो ।

फालेलुङ गाँउपालिकाको चालु आर्थिक वर्षको पाँच लाख सहयोगमा जनसेवा समाज पाँचथरले शिबिर सञ्चालन गर्न लागेको हो । शिविर संचालनको लागि मेची आँखा अस्पताल झापाको चिकित्सक सहितको प्राविधिक टोेलीले सेवा दिने जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।

तीन दिनसम्म संचालन हुने शिबिरमा आँखा परीक्षण, चस्माको चेक जाँच, निःशुल्क औषधी बितरण र मोतिया बिन्दुको सल्यक्रिया गर्ने अधिकारीले जनाए । शिविरमा चैत ३० गते बिहान ७ बजेदेखि फागुन २ गते दिनको ३ बजेसम्म बिरामीको नाम दर्ता गर्ने र नाम दर्ता गराएका बिरामीहरुको बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उपचार गरिने आयोजकले जनाएको छ ।