भद्रपुर । झापाको मेचीनगर नगरपालिका–४ मा गैरीगाउँबाट एक लाख १२ हजार रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १ लाख १२ हजार रुपैयाँको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अवैध रुपमा ल्याउँदै गरेको कपडा, झोला र विभिन्न पूजामा प्रयोग हुने सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।