वराहक्षेत्र । पछि पैसी दिने सर्तमा जग्गा नामसारी गरिदिएका उदयपुर बेलका नगरपालिकाका सुभाष भुजेलले आफ्नो जग्गा फिर्ता पाएका छन् ।
वराहक्षेत्र नगरपालिका–१ खारखोलाको १० धुर जग्गा नातामा बहिनीज्वाइँ पर्ने राजन घिमिरे मार्फत तुलसा विश्वकर्मालाई केही समयमा रकम दिने शर्तमा जग्गा नामसारी गरिदिएका थिए । बैनाबापत एक लाख ८० हजार रुपैयाँ प्राप्त गरेको भए पनि जग्गा पास गरेपछि पैसा दिने शर्तमा बेचेका उक्त जग्गाको बाँकी रहेको ८ लाख रुपैयाँ पाए थिएनन् ।
नामसारी भएको लामो समय सम्म पनि पाउनु पर्ने रकम दिन क्रेता विश्वकर्मले आलटाल गरेपछि अन्यायमा परेको भन्दै न्यायका लागि हारगुहार गरेका थिए । उक्त समाचार ब्लाष्ट खबर ले प्रकासित गरेको एक हप्तापछि भुजेलले आफ्नो जग्गा फिर्ता पाएका हुन् ।
माघ २५ गते दुबै पक्ष उपस्थित भए धरान स्थित मालपाेत कार्यालयलमा उक्त जग्गा भुजेलकाे नाममा पुनः नामसारी गरिदिएकाे हाे ।
भुजेलका अनुसार ज्वाइ घिमिरे रोहवरमा उपस्थितिमा सुनचादी व्यावसायी भनिएका तुलसा विश्वकर्माको नाममा पुस २४ गते धरान स्थित मालपोत कार्यलयमा गएर नामसारी गरेर जग्गाधनि पुर्जा फिर्ता गरिदिएको थिए ।
उनले भने, ‘ज्वाइँले आफूसँग पैसा छैन, उहाँ (तुलसा) सुन व्यवसायी हुनुहुन्छ, उहाँको नाममा पास गरिदिनुस्, केही दिनमा पैसा पठाइदिहाल्नुहुन्छ भन्नुभयो । विश्वासमा परियो । "
उनले जग्गा नामसारी गरिदिएसंगै कागजात लिएर काठमाण्डौ गाएका उनिहरूलाइ बाँकी रकम दिन भन्दा धाक धम्की दिएको बताएका थिए ।