देउराली । इटहरी उपमहानगरपालिकामा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो १ः २० बजे इटहरी उपमहानगरको ६ नम्बर वडा स्थित मुख्य चोकमा विराटनगर तर्फ जाँदै गरेको ना ५ ख ४५५३ नम्बरको ट्रकले विपरीत दिशामा रहेको को २१ प ४५७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालक चालक इटहरी ५ की अन्दाजी ३० वर्षीय तारा निरौला ९गौतम० को उपचारका लागी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रवार अपराह्न ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएका छन् ।
कार्यालयका अनुसार दुर्घटना लगत्तै ट्रक र ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका २ बस्ने ४२ वर्षीय सुमन दर्जीलाई नियन्त्रणमा लिइएको कार्यालयले बताएका छ ।
मृतक तारा इटहरीस्थित उद्गम साकोस सहकारीकी व्यवस्थापक रहेको बताइएको छ । दुर्घटना हुँदा कार्यालयबाट आफन्तको बिहेमा उपस्थित हुन जाने क्रममा दुर्घटना भएको बताइएको छ । छोरी रहेकी छन् ।