पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा अन्तराष्ट्रिय काम्बाङ सम्मेलन सम्पन्न भएको छ । पहिलो पटक ताङसाङ थाबा काम्बाङ सेवा समितिको आयोजनामा अन्तराष्ट्रिय काम्बाङ सम्मेलन सम्पन्न भएको हो । काम्बाङ समुदायलाई एकताको सुत्रमा बाध्ने उदेश्यले सम्मेलनको अयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा काम्बाङ वंशको वृद्धि, विकास र बिस्तारको साथै परम्परा र रितिरिवाजलाई संरक्षण गरेको भन्दै जेष्ठ नागरिकलाइ प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो । त्यस्तै बिभिन्न क्षेत्रमा रहेर समुदाय र राष्ट्रलाई महत्वपूर्ण योग्दान दिने काम्बाङ समुदायका अग्रज व्यक्तिहरुलाई प्रशंसा प्रदान गरी सम्मान समेत गरिएको थियो । उत्घाटन समारोह मार्फत आजिवन सदस्य, संरक्षक सदस्य र बिशिष्ठ संरक्षक सदस्यहरुलाई सदस्यता पत्र बितरण गरिएको आयोजक समितिका अध्यक्ष धनसोर काम्बाङले जनाए ।
कार्यक्रमका प्रमुख अथिति प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री सामसद इन्द्र बहादुर आङबोले काम्बाङ समुदायले आफ्नो, धर्म, परम्परा र रितिरिवाजलाई जिवन्त रुपमा संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताउदै सबै जातजाती, धर्म, सस्कृति र परम्पराको संरक्षण गर्नु पर्नेमा जोड दिए । त्यस्तै प्रदेश सामस्द कमल प्रसाद जबेगुले काम्बाङ समुदायले आफ्नो वंशको संरक्षण र सम्र्बदनमा उल्लेख्य योग्दान पुर्याएको भन्दै बिभिन्न भाषाभाषी र जातजातिको संरक्षणको लागि आफ्नो कार्यकालमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
देश बिदेशमा छरिएर रहेका काम्बाङ समुदाय भेला रहेको सम्मेलन २१ गतेदेखि तीन दिनसम्म संचालन भएको थियो । सोही अवसरमा बिभिन्न भेषभुषामा सजिएका काम्बाङ समुदायकले नित्य, च्याब्रुङ नाच प्रर्दशन गरेका थिए । सम्मेलनलेको बन्द शत्रबाट धन सोर काम्बाङको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति समेत गठन गरिएको छ ।