पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ को सृर्जनशिल महिला कृषि सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ । कुम्मायक ३ स्थीत सेपेनी रानीगाउँको सभाहलमा सम्पन्न सस्थाको चौथो बार्षिक साधरण सभा तथा दोस्रो अधिवेशनले संगठनिक, आर्थिक र लेखा प्रतिवेदन प्रस्तुत समेत गरेको थियो ।

आर्थिक प्रतिवेदन मार्फत संस्थाले सेयर पूँजी १ लाख ३८ लाख ३ सय रुपैयाँ र सेयर बचत कर्ताको पुँजी १० लाख ३९ हजार रुपैयाँ सार्जजनिक गरेको छ । सस्थामा हाल मौजात रकम ७१ हजार रहेको संस्थाकी अध्यक्ष पुष्पा अधिकारीले बताइन् ।

वडाको कुल ४ सय ७४ घरधुरी मध्ये १ सय ९९ सेयर सदस्य रहेको संस्थाले जनाएको छ । बाँकी रहेका अन्य घरधुरीमा समेत सेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ । सहकारी संस्थाले संचालन गरेका बिभिन्न कृषि गतिविधिमा पालिकाबाट प्राविधिक सहयोग नपाउँदा कृषि कर्मममा लागेका किसानले समस्या भोग्नु परेको संस्थाका सल्लाकार समिति सदस्य रामप्रसाद गजुरेलले बताए ।  

जवाफमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बिगतमा कृषि र पशुका कर्मचारी अभाव भएको स्मरण गर्दै सहकारीलाई अनुदान र कृषि प्राविधिकको सहयोगमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सोही वडाका वडाअध्यक्ष बाबुराम कार्की, पशुपंक्षी शाखा प्रमुख नगेन्द्र दाहाल, सहकारी शाखा प्रमुख भेषराज थापा लगायतले मतव्य व्यक्त गरेका थिए ।

सभाले पुष्पा अधिकारीको अध्यक्षतामा १५ सदस्य कार्य समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा बिमला धिमाल, सचिव कमला रिजाल, सह—सचिव भिमकुमारी तुम्रोक र कोषाध्यक्ष यामकुमारी खड्का गरी १५ सदस्य समिति चयन गरेको हो ।