धरान । झापा प्रहरीले गोप्य सूचनाका आधारमा दुई भारतीय नागरिकलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । 

आइतबार दिउँसोतिर इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई जाँच गर्दा ८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारत किसानगञ्ज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र सोही ठाउँका २० वर्षीय सन्वाज खानलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जनाएको छ ।