पथरी । मोरङ कानेपोखरी ६ मा पाजुचोकमा रहेको सरस्वती आधारभूत विद्यालयमा ३ लाख १३ हजार २ सय १६ रुपैयाँको ४ वटा अक्षयकोष निर्माण स्थापना भएको छ ।

विद्यालयलमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, भौतिक सुधार, गुणस्तरीय शिक्षा, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति लगायतका लागि पुर्व विद्यार्थी र स्थानीयवासी सहितको रकम संकलन गरी आज सरस्वती पूजाको अवसरमा अक्षयकोष स्थापना गरिएको हो ।

काठमाडौं निवासी पुर्व विद्यार्थी सुरेन्द्र दियालीले स्वर्गीय पिता हर्कबहादुर दियालीको सम्झना स्वरुप विगतमा ५० हजारको र हाल ६१ हजार १ सय ११ थप गरि १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । त्यसैगरी, केही समय अगाडि स्थापना भएको “कालुसिंह, आइतरानी, बुधराज, धनबहादुर सावाँ अक्षयकोष’मा १ लाख १ हजार, ‘चन्द्र जोगमाया, संगिता पुरी अक्षयकोष’मा ५१ हजार १ सय ५ रुपैयाँ, र “स्वर्गीय पदम बहादुर साम्बा लिम्बू अक्षयकोष’मा ५० हजार गरि ३ लाख १३ हजार २ सय १६ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन ।

बिहिवार सरस्वती पूजाको अवसर पारि स्थानीय अक्षयकोष स्थापनाकर्ता ढाकाबहादुर पुरीले आफ्नो स्वर्गीय छोरी संगिता पुरीको सम्झनामा १ हजार १ सय रुपैयाँ विद्यालयको विपन्न जेहेन्दार विद्यार्थीलाई नगद प्रदान समेत गरेका छ्न ।