धनकुटा । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइटेल शर्मालाई नेकपा बहुमत पार्टीका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दली दुव्र्यवहार गरेका छन् ।
आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम ननिकाली दिएको आरोपमा लुइँटेललाई आफ्नो कार्यकक्ष भित्र पसेर कालो मोसो दली दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमत पार्टीका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुव्र्यवहार गरेको प्रहरीको भनाइ छ ।
मोसो दलेर दुव्र्यवहार भएको सुचना पाएपछि पुगेको प्रहरीले आरोपितको फेला नपारेको र खोजि भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । मोसो दलिएको ठाउँबाट नेकपा बहुमत पार्टीको पर्चा फेला परेको मोसो दल्नेको पहिचान भएर खोजी भइसकेको एस्पी अधिकारीले जानकारी दिए ।