धरान । झापाको सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी नेपाल भिœयाइएको करिब ४ लाख रुपैयाँ बराबरको सामग्री प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा जिल्लाको सीमावर्ती क्षेत्रका विभिन्न स्थानबाट कपडा, किराना सामग्री, ढाकाका कपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार भारततर्फ लाँदै गरेको अवस्थामा किराना पसलका सामग्री पनि बरामद गरिएको छ । मङ्गलबार साँझतिर झापाको मेचीनगर नगरपालिका–७ बाट करिब ५० हजार रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो । त्यस्तै मेचीनगर नगरपालिका–१० बाट २ लाख ७५ हजार रुपैयाँ बराबरको किराना सामग्री बरामद गरेको छ ।

यसैगरी मेचीनगर नगरपालिका–६ बाट ५० हजार रुपैयाँ मूल्य बराबरको ढाकाको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको उनले जानकारी दिए ।

यस्तै मोरङ प्रहरीले अटोमा लोड गरेर लाँदै गरेको अवस्थामा ४ सय ५५ लिटर घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी चौकी घिनाघाटको टोलीले को.१ ह १८६९ नम्बरको टेम्पोसहित विराटनगर महानगरपालिका–५ का ३६ वर्षीय दीपेन्द्र अमात्य, बेलबारी नगरपालिका–११ का ३६ वर्षीय सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई छन् । बरामद सामग्री कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय मोरङमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।