वराहक्षेत्र । वराहक्षेत्र को वाडा २ मा ज्येष्ठ नागरिक मिलन केन्द्र समिति गठन गरिएको छ । आनन्द प्रसाद गौतमको अध्यक्षता मा ९ सदस्य मिलन केन्द्र समिति गठन गरिएको हो ।

बुधबार स्थानीय वार्ड कार्यालय सभा भवन गठित समितिको उप अध्यक्षमा कुल प्रसाद मिश्र,सचिव दिल बहादुर कार्की, कोषाध्यक्ष राम कुमारी प्रसाईँ र सदस्यहरूमा कल्पना शाक्य, लाल बहादुर कार्की, देउकुमारी कटुवाल यसै गरी भीम प्रसाद सिग्देल र राम बहादुर श्रेष्ठ रहेको वार्ड २ का सचिव गोपाल प्रसाद शर्मा ले बताए । समितिको ५ सदस्य सल्लाहकारमा देउमाया थापा मगर, रामलाल मगर,खेमराज न्यौपाने, दुर्गा बहादुर सुवेदी र ध्यान बहादुर सुनुवार रहेको शर्माले जानकारी दिए  ।

यसै गरी वाडा नम्बर १ मा पनि तिलक बहादुर भुजेलको अध्यक्षता ११ सदस्य मिलन केन्द्र गठन गरिएको छ । पुस १२ गठन गरिएको समितिको उपाध्यक्षमा तारादेवी श्रेष्ठ,सचिव खड्ग कटुवाल, सह सचिव नर बहादुर लिम्बू र कोषाध्यक्षमा अमर कुमार बस्नेत र सदस्यहरूमा कौशिल्या भट्टराई,चुडाराज बस्नेत,मोहन दाहाल,कबिर बहादुर र लिला माया बि.क. र गिरि बहादुर न्यौपाने रहेको वार्ड १ सचिव लक्ष्मण पौडेलले जानकारी दिए । समिति सल्लाहकारमा ज्ञान बहादुर राई,गणेश बहादुर कटुवाल र जानुकादेवि थापा रहेका छन् ।

नगरले पत्राचार गरे अनुसार नगरमा रहेका ज्येष्ठ नागरिकहरूको पारिवारिक सामाजिक अवस्था, राज्य तथा स्थानीय निकाय वाट पाउने सेवा सुविधा, शारीरिक तथा मानसिक जस्ता विषयमा अनुगमन गर्ने  भने उनीहरूको थप सेवा सुविधा बढाउने आवश्यक नीति तथा योजना बनाउन ११ वटै वाडामा मिलन केन्द्र गठन गरिने नगरका सूचना अधिकारी पुकार पोखरेलले जानकारी दिए ।