भद्रपुर । झापा भद्रपुर गोल्डकप आयोजक समितिले राजनीतिक दल , स्थानीय सहकारी संस्था र सामाजिक सङ्घसंस्थाहरुसँग छलफल गरेको छ ।
भदपुरमा आयोजित छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्डकपको पहिलो संस्करणका बारेमा छलफल गरेको हो ।
गोल्डकपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोषलगायतका विषयमा छलफल गरिएको अध्यक्ष दिपेश ढकालले जानकारी दिए । भद्रपुर झापा गोल्डकप यही फागुन ७ देखि १६ गतेसम्म मेची रङ्गशालामा हुँदैछ ।
अन्तरक्रिया कार्यक्रममा नेपाली काँङ्ग्रेस झापाका उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, सचिवालय सदस्य घनश्याम अधिकारी, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य, नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मी, राप्रपाका बाबुराम पराजुलीलगायतले जिल्लाभरि प्रचार गर्न राजनीतिक दल परिचालन हुनुपर्ने सुझाव दिए ।
उनीहरुले गोल्डकप राम्रो र हाम्रो कसरी बनाउन सकिन्छ भनेर लागिपर्न आग्रह गरे । गोल्डकपलाई स्थायित्व बनाउँदै परिस्कृत गर्न नेताहरुले सुझाव दिए ।
त्यस्तै, नगरस्तरीय प्रतिनिधिहरु राम कँडेल, किरण कार्की, शिवकुमार राजभण्डारी, वडाध्यक्षहरु गौरव सुब्बा, बन्धु कार्कीलगायत राजनीतिक दलका प्रतिनिधिले आ–आफ्ना सुझाव राखेका थिए ।
यसैबीच, गोल्डकप सचिवालयमा भएको ‘भद्रपुर झापा गोल्डकप र सहकारी संस्था’ बीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय सहकारी सञ्चालकहरुले सहयोगको प्रतिबद्धता जनाएका छन् । छलफलमा शालिग्राम नेपाल, जीवन बास्तोला, गोमा घिमिरे, देवी अधिकारी, प्रकाश उप्रेती, युवराज न्यौपाने, कैलाश राई, दिपेन्द्र कटुवाल, भीम श्रेष्ठ, खेमराज नेपाल ,अनुज खतिवडा, विजय अधिकारी, चन्द्रकला गौतम, गोविन्द कोइराला, नगरका सहकारी शाखा प्रमुख नेत्र पोखरेललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
त्यसैगरी समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ ।
गोल्ड कपको दिगोपना, निजी तथा संस्थागत विद्यालयहरुको सहभागिता, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बैठकमा प्रज्ञा एकेडेमीका प्रिन्सिपल तथा प्याब्सन १ नम्बर प्रदेश उपमहासचिव इशुभ पाण्डे, ब्राइट स्टार स्कुलका प्रिन्सिपल तथा प्याब्सन नगर अध्यक्ष रत्नबहादुर गिरी, ग्रिन फिल्ड स्कुलका प्रिन्सिपल तथा प्यबब्सन नगर सचिव सन्देश राई लगायतले भद्रपर झापा गोल्ड कप नगरकै गौरव भएकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सल्लाहकार तथा नेपाल प्रदेश उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकालले गोल्डकप झापाको गौरव भएकोले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे ।