वराहक्षेत्र । नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयले यही बिहिबारबाट मनाउँने विद्यालयको स्वर्ण महोत्सवको साप्ताहिक कार्यक्रम सार्वजानिक गरेको छ ।
वार्ड नम्बर ७ तित्रीगाछी स्थित विद्यालयले बुधबार पत्रकार भेटभाट गर्दै ५० औं अभिभावक तथा स्वर्ण जयन्तीमा आयोजना गरिने एक हप्ताको कार्यक्रमको जानकारी गराएको हो ।
माघ १२ गते वाट अभिभावक दिवस र जयन्तीको शुरुवात सरस्वती पूजा र एकदिने एकाह पुराण वाट गरिने जयन्तीमा एक हप्ता भरि दैनिक योग शिविर संचालन गरिने छ ।
कार्यक्रममा माघ १३ गते वाट हप्तादिन भरी चल्ने योग शिविरको उदघाटन र आन्तरिक पुरस्कार वितरण,१४ गते त्रित्रीगाछी रन र मावि स्तरिय विज्ञान प्रदर्शनी, १५ गते रक्तदान र अन्तर मावि हाजिरी जवाफ, १६ गते अन्तर मावि भलिवल प्रतियोगिता र आ“खा शिविर संचालन गरिने विद्यालय व्यवस्थापन समिति तथा महोत्सव आयोजना मूल समारोह समितिका अध्यक्ष परशुराम आचार्यले बताए ।
जयन्तीको १७ गते पनि विशेषज्ञद्वारा निःशुल्क आ“खा र आधारभुत लोक नृत्य प्रतियोगिता,१८ गते पूर्व विद्यार्थी र शिक्षक मिलन, साहित्य गोष्ठि र सम्मान कार्यक्रम गरिने छ ,जयन्तीको अन्तिम दिन विविध सांस्कृतिक कार्यक्रम र दाताहरुलाई सम्मान गरिने छ । भने १९ गते योग शिविरको समापन संगै सबै औपचारिक कार्यक्रमको समापन हुने अध्यक्ष आचार्यले जानकारी दिए ।
वर्ष दिनभरी मनाईने स्वर्ण महोत्सवको सोही दिन वाट उदघाटन समेत गरिने आचार्यले बताए । ५२ लाख रुपैंयाको बजेट रहेको स्वर्ण महोत्सवमा बराहक्षेत्र नपा, कोशी र हरिनगर गाउ“पालिका,स्थानिय वार्ड तथा चन्दादाताले आर्थिक सहयोग गरिएको उनले बताए ।
जयन्तीको उदघाटन वार्ड नं ७ का अध्यक्ष कपिल आचार्यले गर्ने छन् भने कार्यक्रम समापनमा संघीय राष्ट्रपति अथवा प्रधानमन्त्रि र प्रदेश १ का मुख्यमन्त्रि पमुख अतिथि सहभागी हुने विद्यालयका प्रधान अध्यापक फिरोज घिमिरले बताए ।