धरान । झापाको मेचीनगर नगरपालिका ८ पालियागङ्गा टोलबाट एक युवालाई लागूऔषध बिक्री गरेको सूचनाको आधारमा सोमबार प्रहरीले पक्राउ गरेको छ । 

३६ वर्षीय आसिर खाँले आफ्नै घरबाट कारोबार गदैृ आएको सूचनाका आधारमा जाँच गर्दा खैरो हिरोइन ३० ग्रामसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकका अनुसार घरमा पुग्दा घरमै बसी पैसा मिलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार ५ सय रुपैयाँ, भीभो कम्पनीको मोबाइल एक थान र सादा सामसङ मोबाइल एक थान बरामद गरेको छ । प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जनाएको छ ।