वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका १ आदर्श वनको सिमानमा शिशु फालेको आरोपमा बुबा पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तका अनुसार दुहवी नगरपालिका १० का ३२ वर्षीय अजितकुमार चौधरीलाई पक्राउ गरिएको हो । केही दिनअघि वराहक्षेत्र १ बागेश्वरी र २ नम्बर वडाको आदर्शन वनको सिमानामा शिशु फालेको अवस्थामा भेटिएको थियो । 

आरोपित बुबालाई आइतबार पक्राउ गरी सात दिनको म्याद थप गरिएको इन्स्पेक्टर दत्तले जानकारी दिए । शिशु फाल्नु पर्ने कारणबारे प्रहरीले सोधपुछ गरिरहेको छ । हालसम्म किन के कति कारणले फालिएको हो भन्ने खुल्न सकेको छैन ।