पथरी । मोरङको पथरीशनिश्चरे–८ का ११ परिवार भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ ।

सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लालपुर्जा वितरण गरिएको हो । वडाका चोकराज कटुवाल, जैसे मगर, टीकाराम दाहाल, प्रेमबहादुर माझी, डम्बरबहादुर माझी, पूर्णबहादुर माझी(क), पूर्णबहादुर माझी(ख), चन्द्रमाया कटुवाल, शुकवीर माझी, इन्द्रबहादुर विश्वकर्मा र लोकबहादुर कार्कीलाई लालपुर्जा वितरण गरिएको छ ।

भूमि आयोग मोरङ जिल्ला अध्यक्ष सुशिला घिमिरे, सदस्य–सचिव सुदीप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, वडासदस्यहरू झमकबहादुर लिम्बू, बाबुराम चौधरी र शान्ता योङ्हाङलगायतको उपस्थितिमा पुर्जा वितरण गरिएको थियो ।

अघिल्लो आयोगले गरेको अधुरो कामलाई पूरा गरी पथरीशनिश्चरेमा प्रथम पटक पुर्जा वितरण गरिएको वडाध्यक्ष नवीन कार्कीले जनाए । यसैगरी शुक्रबारे, शान्तिचोक, चौबिसे टोल, पुलचौक, बाँगडुग्रा, राई डाँडालगायतको क्षेत्रमा नयाँ नापी सुरु गर्न स्थलगत अनुगमन पनि गरिएको छ ।