बराहक्षेत्रको सामुदायिक वनमा नवजात शिशु फाल्ने बुबा पक्राउ परेका छन् । माघ ६ गते नगरपालिकाको वार्ड १ को बागेश्वरी र २ नं वार्ड २ स्थित आदर्श वनको सिमानाको जंगलमा छोरी शिशु फालेको आरोपमा दुहबी नगरपालिका वार्ड नं १० को सिमरिया टोल बस्ने ३२ बर्षका अजित कुमार चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चक्रघट्टिका प्रहरी निरीक्षक राजेश दत्तले बताए ।

माघ ८ गते पक्राउ गरिएका चौधरीलाई ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी गराएको छ ।

करिब साढे ३ किलो वजन भएको बालिकाको दुबै हात खुट्टाको तीन तीन वटा औंला जोडिएको थियो भने मुखको तालुमा दुलो भएको उनको सुगर तह कम भएको भने मुटुको गति सामान्य रहेको थियो ।

मुखमा खाना खाने पाईप लगाएको करिव ७ देखि १० दिन उमेरको शिशुलाई जेब्रा झोलामा कठाङ्रीएको अवस्थामा रहेको, गोठालाहरुले दिएको सूचनापछि प्रहरीले बालिकालाई जिवितै उद्धार गरेको थियो ।

स्थानीय चतरा अस्पतालमा प्राथमिक उपचारपछि थप ट्रीट्मेन्ट्को लागि धरान स्थित बिपि क्याम्प पठाईएको थियो । अजित र उनकी श्रीमती बिन्दु चौधरी नडाहा चतरा सडकखन्डको जंगलमा बच्चा फालेका थिए । शिशुको हाल धरानमा उपचार भइरहेको छ ।