धरान । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा भब्य कार्यक्रम आयोजना भएको छ ।

सोनाम ल्होछार २८५९ औ वर्ष मिति २२ जनवरी आइतबारको दिन क्यानवेराको White Eagle Polish Club, Turner मा कार्यक्रमको आयोजना भएको हो।

तामाङ घेदुङग क्यानवेराले आयोजना गरेकोयस कार्यक्रममा तामाङहरुको परम्परागत नाचको प्रदर्शनसँगै दिल तामाङ र समिर लामाको सांगितिक प्रस्तुति रहको थियो । कार्यक्रममा लामा पुजाको आयोजना पनि गरिएको थियो ।

तो ल्हो अर्थात बाघ वर्गलाई विदा गरी खरायो वर्गलाई स्वागत गरिएको यस सोनाम ल्होछार कार्यक्रममा अष्ट्रेलियाका  लागि नेपालका राजदुत कैलाशराज पोखरेल, Member of the Australian Capital Territory Legislative Assembly – Peter Cain र  Federation of Nepalese Community Associations of Australia Incorporated (fencaa) का अध्यक्ष डा कृष्णा हमाल,Former Member of the Australian Capital Territory Legislative Assembly– दिपकराज गुप्ता, Councillor भद्र वाईवालगायत नेपाली समुदायका नेतृत्वकर्ताहरु गणेश तामाङ,सुनदोर्जे तामाङ, तारा बिक, अशोक बस्नेत, राजेश गुरुङ, आशिष देवकोटा, दिपक हमाल, नारायण तामाङ, राजु तामाङ, कर्मा लामा तथा ठाकुर सिंह घिसिङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

losar2