भरौल । वराहक्षेत्र नगरपालिका–४ का वडाध्यक्ष आशाराम चौधरीले आफूले नगरपालिकाबाट पाएको पुरस्कारको रकम बिरामीलाई सहयोग प्रदान गरेका छन् ।

एथलेटिक्स खेलाडीसमेत रहेका चौधरीलाई नगरपालिकाले खेलमार्फत् नगरलाई चिनाएको भन्दै नगद १० हजारसहित मेडल र प्रमाण–पत्रले समान गरेको थियो । उनले सोही पुरस्कार रकममध्येबाट वराहक्षेत्र–४ जमटोकी निवासी बिरामी ४५ वर्षीय रमेश चौधरीलाई नगद ५ हजार प्रदान गरेका हुन् । उनी केही वर्षयता मुटु रोगले बिरामी छन् ।

सोही अवसरमा लक्ष्मी कङ्क्रिट उद्योग वराहक्षेत्र–३ का प्रबन्धक प्रदीप जस्मैतले पनि नगद २५ हजार ५ रुपैयाँ सहयोग गरेका थिए । वडाध्यक्ष चौधरीले यसअघि पनि उनलाई सहयोग गर्दै आएको बताए । बिरामी चौधरी वराहक्षेत्र–५ सिद्धार्थ मेमोरियल एलिस स्कुलमा सह–चालकको रूपमा कार्यरत छन् ।