धरान । धरान–१ स्थित युरेका आवासीय माविले दुई दिवसीय खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।
मङ्सिर २९ र पुस १ गते विद्यालयकै प्राङ्गणमा चेस, लुँडो, ब्याडमिन्टन, टेवल टेनिसका साथै नेपाली नाटकसमेत प्रदर्शन गरिएको थियो । त्यस्तै धरान–१६ स्थित बीबी फुटसलमा सदनगत फुटसलसमेत खेलाइएको थियो । विद्यार्थीका लागि अध्ययनजस्तै खेलकुदको पनि महŒव हुने विद्यालय सञ्चालक समितिका अध्यक्ष चन्द्रदीप लामाले बताए ।
कार्यक्रममा फुटसलतर्फ छात्रबाट सेतो सदन प्रथम, हरियो सदन दोस्रो, निलो सदन तेस्रो र रातो सदन चौथो भएका थिए । त्यस्तै छात्रातर्फ रातो सदन प्रथम, सेतो सदन दोस्रो, हरियो सदन तेस्रो र निलो सदन चौथो भए । फुटसलमा प्लेयर्स अफ टुर्नामेन्ट छात्रतर्फ सक्षमकुमार श्रेष्ठ, छात्रातर्फ ऋषिका बज्राचार्य, बेस्ट गोलकिपर रविना राई, आयुष आङ्बुहाङ लिम्बू र हाईस्कोरर इसान्त रिजाल बने ।
त्यसैगरी मावितर्फ चेसमा क्रमशः स्वरूप वाग्ले, आर्यन बस्नेत, मिसेक लिम्बू प्रथम, दोस्रो र तेस्रो भए । निमावितर्फ लाक्पा शेर्पा, सिसान्त साही, प्रनिसा साही प्रथम, दोस्रो र तेस्रो बने ।
त्यस्तै लुँडोमा छात्रतर्फ रोजन बुढाथोकी, शुभम शर्मा र कृष श्रेष्ठ तथा छात्रातर्फ अम्विका कठेत, जेनीकुमारी साह, इभा ग्रेस मास्केले पुरस्कार जिते । ब्याडमिन्टनतर्फ छात्रहरूमा अनिस रसाइली, अरमन अग्रवाल, विनम लिम्बू, छात्रातर्फ समीक्षा कार्की, साइमा राई र ऋतिका कार्कीले पुरस्कार जिते ।
नेपाली नाटक मञ्चनमा कक्षा ८ का क्रिस कार्की, रास्ता गजमेर, मानसी खतिवडा तथा साहिल श्रेष्ठ पुरस्कृत भएका छन् । त्यसैगरी क्यारामबोर्डमा निहाल गुप्ता र समिर श्रेष्ठ प्रथम, सक्षम पौडेल र सफल ढकाल दोस्रो, समर तामाङ र रिजन भुजेल तृतीय भएका थिए । चाइनिज चेकतर्फ अस्लेसा राई र विपासना श्रेष्ठ प्रथम, नियासा राई र सुम्निमा राई दोस्रो, निसान्त साह र कृस श्रेष्ठ तेस्रो भएका छन् ।
खेलकुद कार्यक्रमको मूल संयोजक भूवन सञ्जेल, नाटक मञ्चन संयोजक दामोदर अधिकारी, ब्याडमिन्टन संयोजक सुदीक्षा उप्रेती, टेवलटेनिस संयोजक गीता मगर, फुटसल संयोजक बलराम श्रेष्ठ, क्यारामबोर्ड संयोजक बीबी पोखरेल, लुँडो संयोजक प्रिती श्रेष्ठ, चाइनिज चेक संयोजक सोनु अग्रवाल र चेस संयोजक नतिसा श्रेष्ठ रहेका थिए ।
विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमार्फत् पाठ्यपुस्तक बाहिरका कुरा सिकाउन यस्तो कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल कुरन चेम्जोङले बताए ।
































