मोरङको क्षेत्र नं ६(१) बाट नेकपा (माओवादी केन्द्र) का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की रीता न्यौपाने १७ हजार पाँच सय ७२ मत ल्याएका छन् जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आचार्य तथा न्यौपानेबीचको मतान्तर एक हजार आठ सय ८२  छ ।